ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।
बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर पैसा फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् ।
मन्त्री साउदले भने आफूले धम्की दिएको कुरा सत्य नभएको र आफूलाई उजुरीबारे जानकारी नभएको बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया