NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर पैसा फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् ।

मन्त्री साउदले भने आफूले धम्की दिएको कुरा सत्य नभएको र आफूलाई उजुरीबारे जानकारी नभएको बताएका छन् ।