रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।
उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । आजैदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उनले बताइन् ।
“आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरुको तयारीको विषयमा छलफल गर्दैछौँ”, सचेतक डाँगीले भनिन्, “बैठकमा सदस्यहरुको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूभिकाबारेमा समेत छलफल हुने छ ।”
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया