रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।
उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । आजैदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उनले बताइन् ।
“आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरुको तयारीको विषयमा छलफल गर्दैछौँ”, सचेतक डाँगीले भनिन्, “बैठकमा सदस्यहरुको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूभिकाबारेमा समेत छलफल हुने छ ।”
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया