सूर्योदयमा सशस्त्र प्रहरीको बिओपी भवनको उद्घाटन
![सूर्योदयमा सशस्त्र प्रहरीको बिओपी भवनको उद्घाटन](http://nepalwatch.com/wp-content/uploads/2022/04/armed.jpg)
मङ्गलबारे । नेपाल–भारत सीमा क्षेत्र समालबुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) भवन उद्घाटन गरिएको छ । सूर्योदय नगरपालिका–५ समालबुुङमा निर्माण गरिएको बीओपी भवनको उद्घाटन गरिएको हो । एक वर्षअघि स्थापना गरिएको बीओपीमा भवन नहुँदा समस्या हुँदै आएको थियो ।
नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति कमल गिरीले उद्घाटन गरेका हुन् । सूर्योदय–५ को समालबुङमा बिओपी स्थापनाका लागि स्थानीयवासी तारादेवी खत्री, मनोजकुमार खत्री, विष्णुकुमार खत्री र टेकबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
सोही जमिनमा भवन निर्माणपछि बस्न सहजसमेत भएको छ । सेवा प्रदान गर्नसमेत सहज हुने बाहिनीपति गिरीले बताए । नेपाल–भारत सीमामा विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले एक वर्षअघि बिओपी स्थापना गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार रोङको मेची किनारदेखि सन्दकपुर डाँडासम्म ५२ दशमलव ५ किलोमिटरको १५ स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने योजना रहेको छ । हाल सात वटा बिओपी स्थापना भइसकेका छन् भने अब नयाँ आठ स्थानका लागि प्रस्ताव गरिसकिएको उनले बताए ।
ताजा अपडेट
-
‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई सिफारिस
-
सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत
-
‘बीमा कम्पनीहरू परम्परागत रूपमा नभई आधुनिक समयअनुसार अघि बढ्नुपर्छ’
-
नेपाल-चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी : नारायणकाजी श्रेष्ठ
-
कोशी प्रदेशसभा : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
प्रतिक्रिया