NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १ गते

अरुण चौधरी बुधबार छुट्ने

काठमाडौं । व्यवसायी अरुण चौधरीमाथि दुई दिनभित्र अनुसन्धान सक्न अदालतले आदेश दिएको छ । दुई दिनभित्र नछुट्ने भएमा जमानतमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

सोमबारदेखि लागू हुने गरी दुईदिनभित्र अनुसन्धान पुरा नभएका जमानीमा छाड्न अदालतले भनेको छ ।
चौधरीलाई सिआइबीले बुधबार पक्राउ गरी बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनामा अनुसन्धान गरिरहेको छ । चौधरीलाई छाड्न प्रहरीमाथि चौतर्फी दबाब परेको थियो । यही बेला अदालतले अनुसन्धानमा प्रहरीलाई छोटो समय दिएको हो । अब सिआइबीले तारेखमा राखेर उनलाई अनुसन्धान गर्ने तयारी गरेको छ ।

अदालतको आदेश

ताजा अपडेट

नेपालवाच विशेष