भोलि अष्ट्रेलिया जाँदै परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भोलि बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् ।
अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ ।
पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन् ।
उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किनेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया