NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

नेपाली बजारमा टिसीएल ब्रान्डका साउन्डबार

काठमाडाैं । घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ।

टिसीएलका साउन्डबारहरूले तपाईंलाई मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीले जनाएको छ । वायरलेस सबवूफरले अति नै राम्रो क्वालिटीको बेस थप्छ, तपाईंको घरको आराममा थिएटर जस्तो वातावरण जस्तै महसुस गराउँछ।

जता ततै अल्झिने तारहरुलाई हटाई टिसीएल साउन्डबारहरूले ब्लुटुथ मार्फत वायरलेस काम गर्दछ। टिसीएलका एस६४३डब्लु , एस५२२डब्लु र एस३३२डब्लु गरि ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन्। अब सहज रूपमा आफ्ना हरेक डिभाइस सँग टिसीएल का साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्छ।

टिसीएलको बारेमा

टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रिम बिश्वब्यापी ब्राण्ड हो, जसले नबिन उत्पादनहरु प्रदान गर्दछ र हाम्रो जीवन शैलीलाई सहज बनाउछ । गुणस्तरीय र अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ, टिसीएल ले घरेलु मनोरञ्जन अनुभवलाई पुन: परिभाषित गर्न जारी राखेको छ।