बसको ठक्करबाट भारतीय युवकको मृत्यु

धनुषा । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।
धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो ।
बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया