पहिरोमा परेको दुईदिनपछि दुई बालबालिकाको जीवितै उद्धार

मनिला । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँहरूमा गएको पहिरोमा परेका तीन वर्षीया बालिका र दुई महिने बालकलाई दुईदिनपछि जीवितै उद्धार गरिएको फिलिपिन्स रेडक्रसले शुक्रबार जनाएको छ ।
फिलिपिन्स रेडक्रशका अध्यक्ष डिक गोर्डनले उद्धार गरिएका बालबालिकालाई तुरुन्तै नजिकैको स्थानीय अस्पतालमा लगिएको बिज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
माको सहरस्थित एउटा खानी स्थल नजिकै मङ्गलबार राति गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् ।
प्रान्तीय सरकारले सय जना भन्दाबढी बेपत्ता रहेको र उनीहरू पहाडबाट खसेको माटो, चट्टान र रूख मुनि गाडिएको बताएको छ ।
बेपत्ताको खोजी तथा उद्धार कार्यहरु जारी रहेको स्रोतले बताएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया