एकदिवसीय सिरिजमा आज नेपाल–क्यानडाबीच अन्तिम खेल हुँदै

काठमाडौं । नेपाल र क्यानडाबीच आज एकदिवसीय सिरिजमा तेस्रो अर्थात् अन्तिम खेल हुँदैछ । खेल अहिले बिहान ९ः१५ बजे त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
नेपाल र क्यानडाबीच यसअघि भएको दुवै खेल नेपालले जितेको छ । पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले नेपालले जितेको हो ।
नेपाल आजको खेल पनि आफ्नो पक्षमा पारेर जितेको श्रृंखलालाई कायम राख्न चाहन्छ । क्यानडा पनि एक दिवसीय सिरिजको अन्तिम खेलमा भए पनि जित निकाल्ने ध्याउन्नमा हुनेछ ।
आजको खेलमा नेपालले हेमन्त धामीलाई अवसर दिने सम्भावना छ । उनी तीव्र गतिका बलर हुन् । उनले आजको खेलमार्फत डुब्यु गरेको अवस्थामा सम्भवतः सोमपाल कामीले विश्राम पाउनेछन् । सोमपाललाई मैदानमा उतारेर रिजन ढकाललाई बेञ्चमा राख्ने अर्को सम्भावना पनि छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया