क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल, सोमपाल र आशिफ बेञ्चमा
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय खेलको तेस्रो तथा अन्तिम खेलमा नेपालले सुरुमा बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि कप्तान रोहित पौडेलले रोज्ने मौका पाएका थिए । त्यसक्रममा उनले बलिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले क्यानडासँगको यसअघिको दुवै खेलमा जित निकालेको छ । पहिलो खेलमा ७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित निकालेको हो ।
आजको खेलमा नेपालले हेमन्त धामीलाई डेब्यु गराएको छ । तीव्र गतिका बलर धामीलाई सोमपाल कामीको स्थानमा खेलाउन लागिएको हो ।
सोमपालसँगै आसिफ शेख, सूर्य तामाङ र रिजन ढकाललाई पनि बेञ्चमा राखिएको छ ।
आजको खेलमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललितनारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह मैदानमा उत्रँदैछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया