फागुन १ गते गोरखाका चार गाउँपालिकामा सार्वजनिक बिदा
काठमाडौं । फागुन १ गते ‘जनयुद्ध दिवस’को दिन गोरखाका चार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
गोरखाका अजिरकोट, गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाले बिदाको सूचना जारी गरिसकेका छन्। भीमसेनथापा गाउँपालिकाले वार्षिक कार्यपात्रोमै फागुन १ मा बिदा दिने निर्णयलाई समावेश गरेको छ।
२०७९ मा भएको निर्वाचनबाट यी चारैवटा स्थानीय तहमा पालिका प्रमुखमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवारले जितेका थिए।
‘जनयुद्ध दिवस’ मा संघीय सरकारले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सो निर्णयविरूद्ध सर्वोच्चमा रिट परेपछि बदर भएको थियो।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया