मेरो मन, मेरो चस्मा जस्तै छ
मेरो मन, मेरो चस्मा जस्तै छ,
जति सुकै माइनस प्लसको लगाएर हेरे पनि
मनको लेन्समा कुनै तलमाथि परेको छैन !!
मेरो मन धमनी, शिरा र रक्त केशिका जस्तै छ,
टुक्रीएको हृदयमा पोषक र अक्सिजन नपुगे पनि
पारिलो घामको न्यानो आभास जस्तै ताप दिएको छ !!
मेरो मन, मेरो फूलबारीको बगैँचा जस्तै छ,
तिखो काँडै काँडाको बीचमा फक्रिएको
रातो सुन्दर गुलाफको इतिहास जस्तै गर्बिलो छ !!
मेरो मन, मेरो मुटुको धड्कन जस्तै छ,
कल्पनिकता भन्दा वास्तविकताको सौभाग्यले भरिएको
यादका अनगिन्ती सन्दुकहरुको ब्राह्मण जस्तै छ !!
मेरो मन, खुला आकाशको पंन्छी जस्तै छ,
प्रेमिल संसारको स्निग्ध वासनाले भरिएको
पूर्णताको अनुपम कृतिमय सुवास जस्तै छ !!
मेरो मन, उषाको चम्किलो किरण जस्तै,
सुकोमल विश्वास र कञ्चन ध्वनिले बनेको
तिर्खा नमिटिने, सिमसिम वर्षाको पूर्ण आभास जस्तै छ !!
मेरो मन, जिन्दगीको तस्बिर देखाउने ऐना जस्तै छ,
तस्बिरमा मात्र होइन, खुसीका पुलिंदा र सम्झनाका स्वरुपले भरिएको
पूर्णताको विन्दुमा नपुग्ने अलिखित माया जस्तै छ !!
मेरो मन, चन्द्रमाको प्रकाश जस्तै शान्त हृदयको छ,
शुन्य र अँध्यारो हटाउने पूर्णिमाको प्रकाशले भरिएको
मायाको खुला सङ्गितको स्वराङ्कन जस्तै छ !!
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया