नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा हुन गइरहेको खेलमा पहिले टस जितेको नेदरल्याण्डस्ले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
जारी सिरिजमा दुवैले चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् । यसअघि नेपाल र नेदरल्याड्सबीच भएको प्रतिस्पर्धामा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आज पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । उता, नेदरल्याण्ड्स भने आजको खेल पक्षमा पारेर बदला लिने ध्याउन्नमा छ ।
आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गर्ने निर्णय लिएको छ । देव खनाल र सोमपाल कामीलाई बेञ्चमा राखेर नेपालले आरिफ शेख र गुल्सन झालाई अवसर दिएको हो ।
लिग टूमा नेपाल, नामिबिया र नेदरल्याण्डस् सहभागी छन् । जसमा चार खेलमा तीन खेल जितेर नामिबिया ६ अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल २ अंक बटुलेर दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको भने दुई अंक छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया