संघीय संसदको दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजेका लागि तय छ ।
प्रतिनिधिसभाको आजको बैठकका लागि संसद सचिवालयले विभिन्न सम्भावित कार्यसूची बनाएको छ । सम्भावित कार्यसूचीको पहिलो नम्बरमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सांसदहरूलाई सुनाउने कार्यक्रम छ ।
विधायनसम्बन्धी विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने अर्को कार्यसूची पनि छ ।
त्यस्तै, राष्ट्रियसभामै उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभारसमेत सम्हालेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गर्दैछन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. ०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् ।
राष्ट्रियसभा बैठकका लागि सम्भावित ३ कार्यसूची बनेका छन् । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९–८० पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गर्ने छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया