बैंक सबै काम ठप्प पार्ने र आन्दोलनमा उत्रिने बैंकर्स संघको निर्णय
काठमाडौं। आकस्मीक रुपमा बसेको नेपाल बैंकर्स संघको बैठकले माग सम्बोधन नभए बैंकको सबै काम ठप्प पार्ने निर्णय गरेको छ।
प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार पक्राउ गरेपछि आज संघको आकस्मिक बैठक बसेको हो। बैठकले पहिलो चरणमा देशका उच्च पदस्त अधिकारीलाई ज्ञापन पत्र बुझाउने, माग सम्बोधन नभए बैंकको सबै काम ठप्प पार्ने र आन्दोलनमा उत्रिनेसम्मको कर्य गर्ने निर्णय भएको संघका एक सदस्यले बताएका छन्।
त्यस्तै पहिलो चरणमा प्रधानमन्त्री, गृह मन्त्री, प्रहरीका उच्च पदस्थ अधिकारीलाई भेटेर ध्यानकर्षण गराउने र बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा सिआईबी र प्रहरीलाई बताउने समेत निर्णय भएको छ ।
धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको संघको बैठकले निर्णय गरेको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया