टी–२० क्रिकेटमा नामिबियासँग भिड्दै नेपाल, तोडिएला हारको श्रृंखला ?
काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेटअन्तर्गत आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । लगातार दुई हार व्यहोरेको नेपाल जितको उद्देश्य बोकेर शुक्रबार नामिबियाविरुद्ध मैदानमा उत्रन लागेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अहिले बिहान ११ः३० बजे दुईबीच खेल हुने तय छ ।
नेपाल, नेदेरल्याण्ड्स र नामिबियाको त्रिकोणात्मक सिरिज जारी छ । जसमा नेपाल लगातार नेदरल्याण्ड्स र नामिबियासँग पराजित भएको छ ।नेपाल पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग क्रमशः २० र २ रनले स्तब्ध बनेको हो ।
नेपालले आजको खेलमा पनि हारको श्रृंखला तोड्न नसकेमा फाइनल खेल्ने सम्भावना समाप्त हुनेछ । त्यसैले नेपाल आज जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छ ।
आजको खेलमा जित निकालेमा नेपालले शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
फाइनल खेल मंगलबार हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया