उत्पलामा स्नेहाज केयरकाे ‘भेगन फेस्टिबल’ (फाेटाे फिचर)
काठमाडाै । स्नेहाज केयरले यस वर्षको ‘भेगन फेस्टिबल’ सम्पन्न गरेकाे छ । बौद्धस्थित उत्पला क्याफेमा आज एक समाराेहकाबीच संस्थाले याे वर्षको भिगन फेस्टिबल सम्पन्न गरेकाे हाे ।
पशु कल्याण र भेगन आहारको उपभोगका लागि प्रोत्साहन गर्ने उदेश्यका साथ स्नेहाज केयरले सन् २०१८ देखि भिगन फेस्टिबल’ आयाेजना गर्दै आइरहेकाे छ।
फेस्टिबलमा प्रमुख अतिथि उपप्रधानमन्त्री नारायणकाजी क्षेष्ठकाे उपस्थिति थियाे। फेस्टिबलमा वनस्पतिमा आधारित खानाको परिकार, सामाग्रीको प्रदर्शन र विक्री वितरण गर्न ५० भन्दा बढी स्टल राखिएकाे थियाे ।
महोत्सवमा लाइभ म्युजिक, नृत्यसमेत व्यवस्था गरिएको थियो । पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं २०७२ मा स्थापित भएकाे स्नेहाज केयरले पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ ।
ग्रास रुट मेभमेन्ट इन नेपाल र नेपाल होमस्टे टुरिजम सर्भिसेजकाे सहकार्यमा स्नेहाज केयरले उक्त फेस्टिबल आयाेजना गरेकाे हाे ।
फाेटाे फिचर :
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा














प्रतिक्रिया