भारतमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?
काठमाडौं (एजेन्सी) ।भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ ।
ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३२ सक्रिय सङ्क्रमितमा कमि आएपछि हाल भारत ११ हजार ६३९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यो विवरण सङ्क्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै गएको ७२ औं दिनको हो ।
हालसम्म ४ करोड २४ लाख ९८ हजार ७८९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये एक हजार २२२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्र भएको अधिकारीहरुले जनाएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया