यस्तो छ गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यसअघिका मन्त्रीले अघि बढाएका असल कामलाई आफुले निरन्तरता दिने बताएका छन् । आफ्नो पहिलो निर्णय पनि निर्वतमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको कामलाई निरन्तरता दिनेसम्बन्धि गरेका छन् ।
देशभरीका सार्वजनिक तथा सरकारी जग्गा हडपिएको छ भने सरकारको नाममा ल्याउने निर्णय उनले गरेका छन् । दुई साताअघि गृहले यससम्बन्धि निर्णय गरेको थियो ।
कानून कार्यान्वायनलाई दबाबमुक्त बनाउने उनको घोषणा छ ।
सरुवा र बढुवाको चिट बोकेर हिड्नेलाई सिंहदरबारमै प्रवेश गर्न नदिने घोषणा पनि गरेका छन् । पदभार ग्रहणपछि बुधबार निर्देशन दिदै उनले सरुवा–बढुवामा कसैले सिफारिस गरे त्यसलाई नमान्न समेत निर्देशन दिए ।
सरुवा–बढुवालाई प्रभावरहित बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । दक्षताका आधारमा निर्णय गरिने उनले बताए ।
नागरिकहरु समस्या बोकेर गृह मन्त्रालय नै आउन नपर्ने गरी काम गर्ने सिष्टम बनाउने उनको भनाई छ ।
अघिल्लो पटक भन्दा आफु थप दृढ भएर आएको र नजिता दिने गरी काम गर्नुपर्ने भएकाले मन्त्रालय बधाई दिन नआउन पनि उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया