कृषि विकास बैंकद्वारा नेपाली महिला फुटबल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान
काठमाडाैं । कृषि विकास बैंकले नेपाली महिला फुटवल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तदायित्वअन्तर्गत प्रोत्साहनस्वरूप नेपाली महिला फुटबल टिमका खेलाडी प्रशिक्षक तथा अन्य सदस्यहरुलाई पुरुस्कार वितरण गरेको जनाएको छ।
बैंकले बिहीबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी पुरुस्कार वितरणसहित सम्मान गरेको हो । बैंकले विभिन्न शिर्षकमा सो रकम वितरण गरेको हो।
प्रतियोगितामा नेपाली महिला फुटवल टिम फानलमा जोर्डनसँग पराजित भएर उपविजेता हुन सफल भएको थियो । नेपाललाई पेनाल्टी सुटआउटमा ५-गोल अन्तरले हराउँदे जोर्डनले प्रतियोगिताकाे उपाधि जितेको हो ।
कुन शिर्षकमा कति वितरण ?
खेलाडीहरु २३ जनालाई जनही रु.२५,०००/-
- मुख्य प्रशिक्षकलाई रु.१५,०००/-
- प्रशिक्षक ३ जनालाई जनही रु.१०,०००/-
- टिम म्यानेजरलाई रु.१०,०००/-
- फिजियोथेरापिस्टलाई रु.१०,०००।-
- एन्फालाई रु.१०,०००/-
- हेड अफ डेलिगेट्सलाई रु.१०,०००/-
- अफिसियललाई रु.१०,०००/-
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया