स्वार्थी समुहले रेडक्रस कब्जा गरी आर्थिक हिनामिना गरेको आरोप

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केही स्वार्थी समुहले कब्जा गरेर आर्थिक हिनामिना गरेको भन्दै भत्र्सना गरिएको छ । सोसाइटीका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र महामन्त्री दिपेन्द्र राज ढकालले आइतबार बिज्ञप्ती प्रकाशन गरी सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको सोसाइटीको बैठकले यससम्बन्धि निर्णय गरेको हो ।
‘तथाकथित निर्वाचनको नाटक मञ्चन गरी स्वार्थ समूहको इच्छाअनुसार भागबन्डा गरी आएका केही सीमित व्यक्तिहरुबाट नेपाल रेडक्रस सोसाइटीलाई कब्जा गरी स्रोतको दुरुपयोग, गैरकानुनी आर्थिक कारोवार तथा हिनामिना हुने कार्य व्यापक रुपमा भैररहेकोमा यो बैडक यस्ता कार्यको घोर भत्र्सना गर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।
अदालतको आदेश समेत नमानी रेडक्रसमा भइरहेको गतिविधिपछि ध्यानाकर्षण गराइएको छ ।
सामाजिक संस्था रेडक्रसमा केही वर्षयता दुई समूहबीच चरम विवाद चल्दै आएको छ।
प्रतिक्रिया