मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।
उनले राजिनामा दिएपनि राजीनामा स्वीकृत भने भइसकेको छैन । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । कार्यकाल सकिनुपूर्व नै उनले राजिनामा दिएकी हुन्।
खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।
प्रतिक्रिया