बसको ठक्करबाट घाइते ट्राफिक प्रहरी खत्रीको मृत्यु
काठमाडौँ । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।
यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।”
बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीले चौथौपटक पाए विश्वासको मत
-
कांग्रेसले असंसदीय व्यवहार देखायो : प्रधानमन्त्री दाहाल
-
विश्वासको मत लिदै प्रधानमन्त्रीले भने, ‘कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ’
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
प्रतिक्रिया