राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष निर्वाचन प्रयोजनका लागि माथिल्लो सभाको आजको बैठकमा उम्मेदवारका प्रस्तावकबाट प्रस्ताव प्रस्तुत भएको छ ।
सो पदको निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवार शर्माको प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै शर्मा लोकतन्त्र र विकासका लागि समर्पित र योग्य भएको बताए । सांसद ढुङ्गानाले सत्ता गठबन्धन चाँडो परिवर्तन गर्ने खालको अस्थिरता अन्त्यका लागि आफूहरुले गत निर्वाचनमा गठबन्धन गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेश विपरीत काम गरेको आरोप लगाए। उक्त प्रस्तावमा समर्थकले बोल्ने क्रम सकिएपछि अर्का उम्मेदवार दाहालको प्रस्तावक र समर्थकले बोलेपछि निर्वाचन हुने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया