NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १८ गते

लोक सेवाले माग्यो ठूलाे संख्यामा खरिदार(विज्ञापनसहित)

काठमाडाै । लोक सेवा आयोगले ठूलाे संख्यामा खरिदार माग गरेकाे छ । आयोगले आज (बुधवार) एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा खरिदार माग गरेकाे हाे ।

लोक सेवाले देशभरका लागि ५ सय ३७ जना खरिदार माग गरेको हाे ।

योग्यता पुगेका उम्मेदवारहरूले चैत २० गतेसम्म दरखास्त दिन सकिने छ। यस्तै, दोब्बर दस्तुर तिरेर चैत २७ सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

सूचनाअनुसारआयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने छ।