बुलिङटारमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचापदेखि महिलामा आङ खस्नेसम्मका समस्या
नवलपुर । नवलपुरको बुलिङटार गाउंँपालिका वडा नम्बर ६ भारतीपुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बुलिङटार गाउंँपालिका, नवलपुर र कावासोती सिटी क्लिनिकको आयोजनामा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । ४५० जनाले सेवा लिएका उक्त शिविरमा मुटुको बाथ रोग, उच्च रक्तचाप, पेटरोग, कलेजोरोग ,महिलाहरुमा आङ खस्ने तथा सेतो पानी बग्ने समस्या धेरै देखा परेको कावासोती सिटी क्लिनिकका संचालक किरण थापा मगर जानकारी दिए ।
शिविरमा वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल ,मुटुरोग विशेषज्ञ डा.विशाल श्रेष्ठ,वरिष्ठ सर्जन डा.सूर्यज्योति श्रेष्ठ, अर्थोपेडिक सर्जन डा.रुपेश झा, बाल रोग विशेषज्ञ डा.अनिश कुमार झा ,सिनियर मेडिकल अफिसर डा.आशिष दीप पौडेल ,वरिष्ठ स्वास्थ्यकर्मी कमल नारायण श्रेष्ठ,अमृत कुमार राजभण्डारी,गोपाल शाही,शंकर खराल,प्रकाश ढुंगाना ,राजन त्रिपाठी ,शोभा सारु, बेली मायाँ आले र सोहन आले लगायत स्वास्थ्यकर्मीले परीक्षणमा सहयाेग गरेकाे बुलिङटार गाउंँपालिका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।
शिविरको प्राविधिक सहयोग भरतपुर सेन्ट्रल अस्पतालले गरेकाे हाे । त्यस्तै, शिविरकाे मिडिया तथा मेडिकल टीमको संयोजन सन्दीपकुमार श्रेष्ठ र कार्यक्रमको स्थानीय संयोजन युवा समाजसेवी भरत राना मगरले गरेका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया