सवारी दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रणनीति बनाउन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी रणनीतिका साथ ‘क्लालेन्डर’ बनाएर काम गर्न आग्रह गरे ।
सांसद किरातीले सवारी दुर्घटनाको मुख्य कारण पूर्वाधार पनि भएकाले यसबारे जनचेतना अभिवृद्धि गरिनुपर्नेमा खाँचो औँल्याए । साथै उनले उदयपुरमा बिहीबार भएको जिप दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।
धरानबाट भोजपुर जाने क्रममा उदयपुरको बेलका–७ मैनामैनीस्थित चेङ्ग्रे भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै नौ जना गम्भीर घाइते भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अमरबहादुर रायमाझीले जिप दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न र दुर्घटना न्यूनीकरण गरी सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया