९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता
डोटी। जिल्ला प्रशासन कार्यालयले एक वृद्धालाई यहाँ घरमै नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो ।
कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयो । वृद्ध अवस्थामा रहनुभएकी ओली कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधाअन्तर्गत जनप्रतिनिधि र स्थानीयको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारी बोगटीले आज गाउँपालिकाका उपाध्यक्ष निर्मला ओली, वडाध्यक्ष मानबहादुर सिंह लगायतको उपस्थितिमा वृद्धा ओलीलाई नागरिकता प्रमाणपत्र दिए ।
जिल्ला प्रशासन कार्यालयले घरमै नागरिकता दिएपछि वृद्धाका नाती रामबहादुर ओलीले डोटी प्रशासन, जनप्रतिनिधि तथा अभियानकर्मी लगायतका सहयोगी सबैलाई धन्यवाद दिए ।
स्थानीय दलबहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयासपछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको सामाजिक अभियानकर्मी तेज डुम्रेलले बताए । उनको नागरिकताका लागि जनप्रतिधिसँग आवश्यक समन्वय गरेपछि वडाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको डुम्रेलले बताए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया