छ महिनापछि हिउँदे वर्षा
भोजपुर । लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन् ।
बर्सातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदेबालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताए। खडेरीले हावाहुरीसँगै आगलागीका घटना बढिरहेको अवस्थामा बर्सातले केही राहत मिलेको उनको भनाइ छ ।
“लामो समयदेखि हिउँदे बर्सात भएको थिएन,” फुयालले भने, “पानी नपर्दा हिउँदेबाली बारीमा नै सुकिसकेका थिए । ढिलै भए पनि पानी परेसँगै दिउँदेबालीको उत्पादन बढ्नेमा आशावादी छौँ ।”
समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेका भन्दै बर्सातले किसानलाई लाभ पुगेको तिवारीभञ्याङका टीकाराम तिवारीले बताए । गहुँ, जौ, तोरी, आलु, गोलभेँडालगायत नगदेबालीलाई बर्सातले फाइदा पुगेको उनको भनाइ छ । जिल्लाका सबै भू–भागमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँ छ महिनादेखि पानी पर्न सकेको थिएन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया