बिहे गरेको एक सातामै चिकित्सक पक्राउ, पूर्वप्रेमिकाद्वारा बलात्कारको अभियोग

काठमाडौं । बिवाह गरेको एक सातामै चिकित्सक पक्राउ परेका छन् । उनीमाथि बलात्कारको अभियोग लागेको छ ।
मेडिकेट अस्पताल, बुटवलमा चिकित्सक पुजन ज्ञवाली पक्राउ परेका हुन् । काठमाडौं प्रहरीले उनीविरुद्ध मुद्दा समेत दायर गरिसकेको छ । बिहे गर्ने आश्वासनमा आफुसँग पटक पटक शारिरीक सम्बन्ध राखेको र पछि धोका दिएर अर्काेसँग बिहे गरेको भन्दै पूर्वप्रेमिकाले विवाह गरेलगत्तै उनीविरुद्ध जाहेरी दिएकीहुन् ।
ज्ञवालीले गत २ फागुनमा विहे गरेका थिए । ११ फागुनमा उनी पक्राउ परेका हुन् । बुटवलस्थित प्रादेशिक अस्पतालमा कार्यरत रहँदा सहकर्मी चिकित्सकसँग उनी प्रेमसम्बन्धमा थिए । ती चिकित्सकलाई वेवास्था गरी अर्की युवतीसँग बिहे गरेपछि उनीविरुद्ध जाहेरी परेको थियो ।
एमडीको प्रवेश परीक्षाका लागि काठमाडौं आएका बेला काठमाडौं १६ बोहोराटारस्थित डेरामा बलात्कार गरेको अभियोगमा ज्ञवाली पक्राउ परेका हुन् । यद्यपी उनले बयानमा बलात्कार अभियोग अस्वीकार गरेका छन् । बिहेका लागि पटक–पटक दबाब दिएको र नमानेपछि उनले बलात्कार मुद्दामा उजुरी दिएको ज्ञवालीको दाबी छ । पीडित र पीडक दुवै जनाले बंगलादेशबाट एमबीबीएस गरेका हुन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया