ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
पाटन । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ ।
राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उनले भने।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया