गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय
काठमाडाैं । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका छन् ।
कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया