यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेकाे आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले आज नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गरेका हुन् ।
यसैगरी सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेका सहकारी विभागको सदस्यमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल र कृष्णप्रसाद पौडेललाई मनोनयन गरेका छन्
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया