आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान
बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ ।
यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा “एआई लर्निङ“ लाई एउटा स्तम्भका रुपमा अघि बढाइएको छ ।
विशेषज्ञहरूले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने, र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्नेछन् ।
अभियानको उद्देश्य एआई मार्फत शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रबद्र्धन गर्ने, जनताको डिजिटल शिक्षा साक्षरता र सीपहरू सुधार गरि एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ ।
एआई सम्बन्धी उक्त कार्यक्रम हाल चीनका ग्वान्झाओ, हैनान, सिझाङ लगायतका विभिन्न शहरका विद्यालयहरुमा नमूना कार्यक्रमका रुपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया