NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

अस्पतालबाट डिस्चार्ज भए टोपबहादुर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।

“उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो,” उनले भने, “मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो ।”

मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष