प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।
आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए । बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको पक्षमा मत दिन निर्देशन दिइएको उनको भनाइ छ ।
सत्ता समीकरणअनुसार गत शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन् ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया