दुई प्रदेशमा आज पानी पर्ने
काठमाडौं । दुई प्रदेशमा आज वर्षा हुने प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै मंगलबार दुई प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हिमपात हुने आकलन गरेको हो ।
महाशाखाका अनुसार, अहिले देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का हिमपातको आकलन गरिएको छ ।
रातिको समयमा कुनै पनि प्रदेशमा वर्षाको सम्भावना नभए पनि गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपात हुने मौसमविदको भनाइ छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया