नेपाल टेलिकमले आफ्नो एनटीटिभी सेवामा शुरु गर्यो आलाकार्ट शुल्क प्रणाली लागू
काठमाडाैं । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा (NtTV) का ग्राहकहरुका लागि एनटीटिभी आलाकार्ट शुल्क प्रणाली लागु गरेको छ।
सो अनुरुप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार, बेसिक प्याकेज लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका बुके प्याकेजहरु खरिद गर्न सक्नेछन्।
ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा जानुपर्नेछ भने बेसिक प्याकेज लिएका ग्राहकहरुले थप बुके प्याकेज खरिद गर्नका लागि टिभीको मेनूमा गएर आफैं खरिद गर्न सक्ने नेपाल टेलिकमले उल्लेख गरेको छ।
यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने टेलिकमले जनाएको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन




प्रतिक्रिया