निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग
काठमाडौं । संसद्मा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् ।
दलित महिला सङ्घ (फोडो) ले आज यहाँ आयोजना गरेको ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा एकीकृत निर्वाचन मस्यौदा विधेयकका विषयमा परामर्श’ छलफलमा दलित समुदायले समावेशीको मुद्दा उठाएका हुन् ।
सो छलफलमा दलित समुदायका सांसद, अधिकारकर्मी, निजामती कर्मचारीलगायतले छलफल भाग लिएका थिए । युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत मेघराज शङ्करले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले दलित समुदायका सांसदलाई सिमान्तकृत समुदायको सहभागितामा कतै पनि नचुक्न आग्रह गरे । “दलित समुदायका सांसदले दलितको आरक्षण विरोधी केही गतिविधि भए विरोध गर्नुपर्छ”, उनले भने, “संविधानको मर्मअनुरुप निजामती सेवाको माग राख्नुपर्छ ।”
हालको निजामती विधेयकको प्रस्तावित मस्यौदामा महिला आरक्षणतर्फ खस आर्य २७ प्रतिशत, आदिवासी जनजाति २५ प्रतिशत, मधेसी १५ प्रतिशत, दलित १२ प्रतिशत थारु, छ दशमलव छ प्रतिशत, मुस्लिम चार प्रतिशत र पिछडिएको क्षेत्र चार र अपाङ्गता भएका व्यक्ति चार प्रतिशत गरी कोटा छुट्याइएको छ । यसअघिको ऐनमा महिलाभित्रको आरक्षण छुट्याइएको थिएन ।
दलित महिला सङ्घ (फेडो) की संस्थापक अध्यक्ष एवं अधिकारकर्मी दुर्गा शोवले महिलाभित्र पनि सिमान्तकृत महिलाका लागि निजामतीमा आरक्षण अनिवार्य हुनुपर्ने तर्क राखेकी थिइन् । “महिलाभित्र पनि असमानता छ”, उनले भनिन्, “राज्यको नीतिगत तहमा उनीहरुको अधिकार सुनिश्चित गरिनुपर्छ ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया