एसपीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक(एसपी) सुवास चन्द्र बोहरा लगायतका प्रहरीमाथि प्रदेश कार्यालयले छानबिन सुरु गरेको छ । एसपी बोहराले घुमुवा खटाएर तस्करी लगायतको सेटिङ चलाएको आरोप लागेपछि छानबिन सुरु भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो। एसपी बोहरा केही तस्करसँग मिलेको र क्यासिनोबाट हप्ता असुली गर्दै आएको आरोप लागेको छ ।
प्रतिक्रिया