सुनको मूल्य छ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ ।
तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया