पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष उम्मेदवार बनाउने कांग्रेस निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसको संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादीले कांग्रेससँगको सत्तागठबन्धन छाडेर एमालेसँग गरेपछि बनेको नयाँ शक्ति बाँडफाँटअनुसार माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति बनेको थियो । त्यही सहमतिअनुसार माओवादीबाट नारायण दाहाल अध्यक्ष बनिसकेका छन् भने उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा गरेर मार्गप्रशस्त गरिसकेकी छन् । राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवारको मनोनयन दर्ता मंगलबार हुँदै गर्दा कांग्रेसले उम्मेदवारबारे निर्णय लिएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया