पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष उम्मेदवार बनाउने कांग्रेस निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसको संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादीले कांग्रेससँगको सत्तागठबन्धन छाडेर एमालेसँग गरेपछि बनेको नयाँ शक्ति बाँडफाँटअनुसार माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति बनेको थियो । त्यही सहमतिअनुसार माओवादीबाट नारायण दाहाल अध्यक्ष बनिसकेका छन् भने उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा गरेर मार्गप्रशस्त गरिसकेकी छन् । राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवारको मनोनयन दर्ता मंगलबार हुँदै गर्दा कांग्रेसले उम्मेदवारबारे निर्णय लिएको हो ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया