प्रहरीका उच्च अधिकारीले अवकाश पाउँदै

काठमाडौं । आगामी साता नेपाल प्रहरीका उच्च अधिकारीले अवकाश पाउने भएका छन् । दुई एआइजी र एक डिआइजीले अवकाश पाउन लागेका हुन् ।
एआइजी सन्दीप भण्डारीले ५ बैशाख तथा मिरा चौधरीले ७ बैशाखमा अवकाश पाउन लागेका हुन् । त्यस्तै, ७ बैशाखमै डिआइजी विकासराज खनालले पनि अवकाश पाउँदैछन् ।
एआइजी भण्डारी प्रहरी एकेडेमी, चौधरी प्रशासन विभाग र खनाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।
भरतपुर तालिम केन्द्रमा कार्यरत डिआइजी सुरेन्द्र मैनालीले पनि १० जेठदेखि अवकाश पाउँदैछन् ।
रिक्त हुने एआइजी पदमा बढुवाका लागि दौडधुप सुरु भइसकेको छ । जसमा डिआइजीहरु उमेशराज जोशी, भिमप्रसाद ढकाल रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाबीच प्रतिस्पर्धा छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया