तारकेश्वरमा कोठी चलाउने युवती पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर–११ हिलेटोलमा खाजाघरको आवरणमा कोठी चलाउने युवती पक्राउ परेकी छिन् । बर्दिया घर भएकी २६ वर्षिया मुनु गुरुङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
उनले पश्चिम युना खाजाघर सञ्चालन गरी त्यहाँ युवतीहरुलाई राखी वेश्यावृत्तिमा लगाउँदै आएकी थिइन् । उनको सो अखडाबाट सात जना युवती र दुई बालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ग्रामिण क्षेत्रका बालबालिकालाई जागिर दिने भन्दै काठमाडौं ल्याएर उनले यसरी वेश्यावृत्तिमा लगाउँदै आएको प्रहरीले जनाएको छ ।
-अभियुक्तले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका नाबालिकाहरुलाई खाजा घरमा वेट्रेसको रुपमा काम लगाइदिने भनी बोलाउने गरेको,
सुरुमा बालिकाहरुलाई वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी निज अभियुक्तले नै संचालन गर्ने पश्चिम युना खाजा घरमा राखि वेश्यावृत्तिमा लगाउने गरेको,
-नाबालिकाहरुलाई बिभिन्न प्रलोभनमा पारी धाकधम्की समेत दिई ग्राहकहरुसँग रकम लिई शारिरीक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडित युवती तथा नाबालिकाहरूलाई दिई आर्थिक लाभ लिने गरेको,
-नाबालिकाहरुलाई ग्राहकहरुले बोलाएको अन्य गेष्ट हाउस तथा होटलहरुमा समेत जान बाध्य पारी बेश्याबृतिमा लगाउने गरेको खुल्न आएको,
– अभियुक्तद्धारा संचालित खाजा घरका कोठाहरु खानतलासी गर्दा परिवार नियोजनका अस्थायी साधन (कण्डम) समेत बरामद भएको,
– यस घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भई रहेको ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया