म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात

याङ्गुन । म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३–२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ ।
यद्यपी यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२–२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२–२३ मा म्यान्मारले १० अर्ब ९४ करोड डलर बराबरका सामान निर्यात गरेको थियो ।
मन्त्रालयका अनुसार सरकारी क्षेत्रबाट तीन अर्ब ३० करोड तथा निजी क्षेत्रका उपक्रमबाट पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको निर्यात भएको छ । सन् २०२३–२४ मा सबै किसिमका सामानको कूल निर्यात भने १४ अर्ब ६० करोड डलर बराबर भएको मन्त्रालयको भनाई छ ।
म्यान्मारले कारखानाबाट उत्पादित सामग्री र कृषि उत्पादनबाट सर्वाधिक बढी वैदेशिक मुद्रा आय गर्दछ । म्यान्मारले कृषि, पशु, खनिज, वन्यजन्य समेतका वस्तुहरु चीन, थाइल्यान्ड, बंगलादेश र भारततर्फ सबैभन्दा बढी निकासी गरिरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया