डुबेर चार जनाको मृत्यु

काठमाडौं । बिहीबार एकै दिन डुबेर चार जनाले ज्यान गुमाएका छन् । भोजपुर, आमचोक गाउँपालिका–१० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका–६ देवानटार बस्ने २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको बुधबार दिउँसो मृत्यु भएको छ ।
सिन्धुली, दुधौली नगरपालिका–१३ स्थित सान्दाने खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१३ लेखडाँडा बस्ने सुरज मगरको छोरा ८ वर्षीय श्रवण मगरको बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको नगर अस्पताल सिर्थौली दुधौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूकुम पश्चिम, वाफिकोट गाउँपालिका–४ छिनखेतस्थित फोहोर पानी जम्मा हुने खाडलमा डुबेर दैलेख भगवतीमाई गाउँपालिका–५ घर भएकी याम कुमारी थापाको छोरा ५ वर्षीय हिमेश थापाको बुधबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया