जनकपुरको सुरक्षा सम्मेलनपछि किन वीरगञ्ज पुगे गृहमन्त्री र आइजिपीको टोली ?

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी–२०८०पर्साको वीरगंजमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । जनकपुरमा सुरक्षा गोष्ठी भएको केही दिनमै वीरगञ्जमा यस्तो गोष्ठी भएको हो ।
उक्त अवसरमा गृहमन्त्री लामिछानेलेप्रचलित नियम कानूनको अधिनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने चर्चा गर्दै राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान, अखाद्य बस्तु नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ–आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए । गलत क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार उनको छ ।
गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले गोष्ठीको महत्वबारेमा आ–आफ्नो मन्तव्य व्यक्त गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसमा सम्बन्धित सरोकारवाला निकायहरूको एकिकृत समन्वय तथा सहकार्यको अपरिहार्यता रहेको महसुस गरी संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको बताए ।
उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेश प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गरे । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेस प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
गोष्ठी समापन पश्चाात गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, अर्थ सचिव डा. कृष्ण हरि पुष्कर, सुरक्षा निकायका प्रमुखहरू समेतले बीरगंजस्थित एकीकृत जाँच चौकी (आइसिपी) र सुख्खा बन्दरगाह (ड्राइपोर्ट)को निरीक्षण भ्रमण समेत गरेका थिए ।
पछिल्लो समय राजश्व घटेपछि गृह प्रशासनले चोरी तस्करी नियन्त्रणमा बिशेष जोड दिएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया