उपत्यकाको सडकमा नयाँ ट्राफिक नियम

काठमाडौं । काठमाडौंको सडकमा पहिलोपटक ‘किप क्लियर’को नियम लागू भएको छ । सुरक्षा र ट्राफिक व्यवस्थापनका दृष्टिकोणले अति संवेदनशील सडकमा ट्राफिक प्रहरीले ‘किप क्लियर’को नियम लागू गरेको हो । शीतलनिवास, प्रधानमन्त्रीनिवास बालुवाटारको ३ नम्बर गेट, प्रहरी प्रधान कार्यालयको दक्षिण गेट र बानेश्वरको संसद् भवन सडकमा यस्तो नियम लागू गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार अब ती सडकखण्डमा सवारीसाधन रोक्न पाइँदैन । जाम भएको अवस्थामा समेत सो सडकखण्ड खाली राख्नुपर्ने नियम छ । नियम मिचेमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ । ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि ‘किप क्लियर’ को नियम चार ठाउँमा सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । ‘ट्राफिक व्यवस्थापनमा यो अन्तर्राष्ट्रिय प्रयास हो,’ उनले भने, ‘हाम्रोमा पहिलोपटक सुरु गरिएको हो ।’ सो सडकमा ट्राफिक प्रहरीले ‘किप क्लियर’को संकेतसमेत राखिसकेको छ । आवश्यकअनुसार अन्य ठाउँमा पनि यो नियम लागू हुन सक्ने एसएसपी श्रेष्ठले बताए ।
ताजा अपडेट
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
प्रतिक्रिया