घुस लिएको आरोपमा महानगरपालिकाका इञ्जिनियर पक्राउ
काठमाडौं । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका एक इञ्जिनियर पक्राउ परेका छन् । महानगरपालिकाको घर नक्सा शाखाका इञ्जिनियर शिवराज बराललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
उनीमाथि घुस रकम लिएर सेवाग्राहीलाई घर नक्सा प्रमाणपत्र जारी गरेको आरोप छ । यसअघि गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले १ लाख ५० हजार रूपैयाँ नगदसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका बराललाई अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालयमा राखिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया