घुस लिएको आरोपमा महानगरपालिकाका इञ्जिनियर पक्राउ
काठमाडौं । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका एक इञ्जिनियर पक्राउ परेका छन् । महानगरपालिकाको घर नक्सा शाखाका इञ्जिनियर शिवराज बराललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
उनीमाथि घुस रकम लिएर सेवाग्राहीलाई घर नक्सा प्रमाणपत्र जारी गरेको आरोप छ । यसअघि गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले १ लाख ५० हजार रूपैयाँ नगदसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका बराललाई अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालयमा राखिएको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया